आर्थिक

सहकारीका लागि १६ प्रतिशत ब्याजदर आजदेखि लागू

सहकारी सङ्घसंस्थाका लागि आजदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ। सहकारी विभागले सहकारी सङ्घसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन, ०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा तोकेको जनाइएको छ। सूचनामा सबै सहकारी सङ्घसंस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा सीमा १६ प्रतिशतमा नबढ्ने गरि बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुने गरि र बचत तथा ऋणको कारोबार गर्ने …

पुरा पढ्नुहॊस »

आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ सम्बन्धी सम्झौता

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र दराजवीच सम्झौता भएको छ। सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ। जस अनुसार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १०% छुट (रु. ३५० र रु. …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा १४ सयले घट्यो

काठमाडौँ । सुनको मूल्य साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आइतबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट …

पुरा पढ्नुहॊस »

विश्व बैंकले नेपाललाई २ अर्ब १४ कराेड ऋण दिने

नेपाल र विश्व बैंकबीच आज एक सम्झौतापत्रमा हस्तक्षार भएको छ। सम्झौता अनुसार विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा पत्रमा नेपालका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए। उक्त सहयोग …

पुरा पढ्नुहॊस »

आईएमई पे स्क्यान गरि किराना सामान किन्दा १० प्रतिशत छुट

आईएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ। आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो। स्टोरहरुमा विभिन्न क्युआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आईएमई पेले ‘स्क्यान एनी क्युआर’ अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजारले घटेर तोलाको ९८ हजारमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९७ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १३३५ …

पुरा पढ्नुहॊस »

राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट आयो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन् । सरकारले राजस्व नियमितरूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनी एउटै समस्या देखिने गरेको र यसबाट निजी क्षेत्र प्रत्यक्षरूपमा मर्कामा परेको उनको भनाइ छ। ‘राजश्व संकलन शतप्रतिशत हुने तर खर्च नहुने हुँदा तरलता समस्यासमेत सृजना भएको छ’, पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई बिहीबार सम्बोधन गर्दै …

पुरा पढ्नुहॊस »

शेयर बजार : ५८ दशमलव ९९ अंकले घट्यो नेप्से

बिहीबार शेयर बजार उच्च अंकले घटेको छ। बुधबार १५ दशमलव ५० अंकले घटेको बजार आज ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६६१ दशमलव ४४ बिन्दुमा झरेको छ। बिहीबार २२९ वटा धितोपत्रको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बिहीबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा …

पुरा पढ्नुहॊस »

सुनको मूल्य प्रतितोला २५ सयले वृद्धि

काठमाडौँ । सुनको भाउ बिहीबार प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो । यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक १५ दशमलव ५० घट्याे

बुधबार शेयर बजार घटेको छ। मंगलबार १७ दशमलव ४२ अंकले बढेको बजार बुधबार १५ दशमलव ५० अंकले घटेर २ हजार ७२० दशमलव ४३ बिन्दुमा झरेको छ। बुधबार २२८ वटा धितोपत्रको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक …

पुरा पढ्नुहॊस »