आर्थिक

ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आईपीओ खुला

काठमाडाैँ । ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ मूल्य बराबरका प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी (तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ)को १० प्रतिशतले १०० रुपैयाँअंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर-१, २ र ३ …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैयाँमै कारोबार भएको थियो । यसैगरी,सोमबार तेजाबी सुनको मूल्य तोलाको ९५ हजार निर्धारण भएको छ । आइतबार एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

अब खल्तीबाटै खानेपानीको महसुल भुक्तानी गर्न सकिने

काठमाडाैँ । काठमाडौँवासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट गर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ । त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

भ्यालेन्टाइन डेमा टेलिकमको विशेष अफर, भोल्टी कल निःशुल्क

नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ। भ्यालेन्टाइन डेको अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो। यो अफर फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) का लागि उपलब्ध छ। अफरअन्तर्गत ४९ रूपैयाँमा एक एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरि सो सुविधा खरिद गर्न …

पुरा पढ्नुहॊस »

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड (कसरी हेर्ने?)

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडफाँड भएको छ । संस्थाको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २७ लाख ९ हजार ८५५ वटा आवेदनहरुबाट ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताको लागि जम्मा आवेदन परेको थियो । सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट १ लाख १८ हजार १५३ जना आवेदकहरुबाट २४ लाख ३० हजार ३२० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको २५ लाख ९१ हजार …

पुरा पढ्नुहॊस »

शेयर बजार : नेप्से १०१.२४ अंकले घट्यो

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बिहीबार ११ दशमलव ९६ अंकले घटेर बन्द भएको बजार आइतबार उच्च अंकले घटेर बन्द भएको हो । कारोबारमा आएदेखि नै उच्च अंकले घटेको बजार अन्तिममा १०१ दशमलव २४ अंकले घटेर २ हजार ७०० दशमलव ३२ बिन्दुमा झरेको छ । आइतबार २२७ वटा घितोपत्रको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर खरिद बिक्री भएको …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको मुल्य तोलाको ९५ हजार निर्धारण भएको छ । साताको पहिलो दिन आइतबार चाँदीको मूल्य पनि प्रतितोलामा २० …

पुरा पढ्नुहॊस »

मकै रोप्ने सिजनमा मलको अभाव हुन नदिने गरि सरकारले काम गरिरहेको छ : कृषिमन्त्री हुमागाईं

वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेश सरकारले समग्र विकासको नेतृत्व गर्नु पर्ने बताएका छन्। शनिबार काभ्रेको मण्डनदेउपूर नगरपालिका १० स्थित चण्डेनीमण्डनमा रहेको चण्डेनीमण्डन पशुबीमा सहकारी संस्थाको १९ औं साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हुमागाईंले यस्तो बताएका हुन् । आफू मन्त्री हुने बित्तिकै ५१ बुँदे मार्गनिर्देश जारी गरेको स्मरण गराउँदै मन्त्री हुमागाईंले ती मध्ये ११ वटा सुरु भइसकेको जानकारी दिए । सबैखाले बीमा गर्न जनचेतना …

पुरा पढ्नुहॊस »

एनसेलले घटायो सबै लोकल कलको महसुल दर

काठमाडौँ । एनसेलका ग्राहकहरूले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्रनेछन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक रु १.९९ प्रतिमिनेटबाट घटाइ कर बाहेक प्रतिमिनेट रु १.६२ कायम गरेको हाे । प्रिपेड ग्राहकहरूका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै …

पुरा पढ्नुहॊस »

क्रिप्टोलाई नियमनको दायरामा ल्याउने सरकारको संकेत

काठमाडौँ । सरकारले क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई नियमनको दायरामा ल्याउने संकेत देखाएको छ । कानूनी मान्यता नपाएको क्रिप्टोकरेन्सीका विषयमा विवाद भइरहेको अवस्थामा सरकारले त्यसलाई नियमन गर्ने संकेत देखाएको हो । अर्थमन्त्री जनार्दन शर्माले बिहीवार अर्थ मन्त्रालयमा आर्थिक वर्ष (आव) २०७८/७९ को बजेटको अर्ध वार्षिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो संकेत गरेका हुन् । उनले क्रिप्टोकरेन्सीलाई नियमन गर्ने बताएका छन् । अर्थमन्त्रीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गरी भइरहेका क्रिप्टो, हाइपर …

पुरा पढ्नुहॊस »