आईएमई पे स्क्यान गरि किराना सामान किन्दा १० प्रतिशत छुट

आईएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ।

आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो।

स्टोरहरुमा विभिन्न क्युआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आईएमई पेले ‘स्क्यान एनी क्युआर’ अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुविधा ल्याएको छ।

यसै अभियानअन्तर्गत प्रयोगकर्ताले केवल आईएमई पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्नेछ।

साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनेछन् । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट छन्।

सोही क्याम्पियनमा आईएमई पे मोबाईल वालेटमार्फत मात्रै १० प्रतिशत छुट (सय रुपैयाँसम्म मात्र) पाउनेछ र स्क्यान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आईडीले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १० प्रतिशत छुट पाउनेछ। यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस