आर्थिक

प्रजातन्त्र दिवसमा टेलिकमको अफर, भोल्टी कल निःशुल्क

फागुन ७ गते (शनिबार) मनाइने ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ भने एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ। सो अफर भोलि एक दिनका लागि उपलब्ध हुनेछ। नेपाल टेलिकमले हालै व्यवसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ । साथै, सोही अवसरमा भोलि फागुन ७ गते …

पुरा पढ्नुहॊस »

खल्तीबाट मेरो शेयरकाे नवीकरण सित्तैमा गर्न सकिने

नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिन प्रतिदिन बढ्दै आइरहेको छ। यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ। यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नवीकरण गर्न सक्नेछन्। प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि रु. ५० शुल्क लाग्ने गरेको छ । यस अफर अन्तर्गत खल्ती मार्फत् भुक्तानी गर्दा भने १००% क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसमा अधिकतम …

पुरा पढ्नुहॊस »

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलाको ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा …

पुरा पढ्नुहॊस »

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान हुँदै

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) देखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट विहिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज विहिबार नै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिए । क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उनको भनाइ …

पुरा पढ्नुहॊस »

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेकाे छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो। अध्यक्ष सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो। बोर्ड साढे ४ महिनादेखि नेतृत्वविहीन थियो ।

पुरा पढ्नुहॊस »

नेप्सेमा १ दशमलव ९४ अंकको गिरावट

बिहीबार शेयर बजार झिनो अंकले घटेको छ। बुधबार १९ दशमलव ८४ अंकले घटेको शेयर बजार आज पनि १ दशमलव ९४ अंकले घटेर २ हजार ७३२ दशमलव ५१ बिन्दुमा झरेको छ। बिहीबार २२७ वटा घितोपत्रको ४० लाख १७ हजार ४२९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहीबार १३ वटा समूहमध्ये ५ वटा …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौँ । सुनको मूल्य बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी,बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा …

पुरा पढ्नुहॊस »

आगामी महिना महँगी अझ बढ्ने

काठमाडौं । केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ्ने देखाएको छ । बजारमा महँगी बढेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्यांकमा फरक परेको उपभोक्ताको गुनासो थियो । तर, राष्ट्र बैंकको मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजाले पनि आउने तीन महिनाको लागि औसत मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७४/०७९ को दोस्रो त्रैमास लक्षित गरेर २०७८ …

पुरा पढ्नुहॊस »

शेयर बजार : नेप्से १९ दशमलव ८४ अंकले घट्यो

आज शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। बजार प्रिओपनमा बढे पनि अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो । मंगलबार ५३ दशमलव ३० अंकले बढेको बजार आज १९ दशमलव ८४ अंकले गिरावट आएर २ हजार ७३४ दशमलव ४४ बिन्दुमा झरेको छ। बुधबार २३१ वटा घितोपत्रको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको …

पुरा पढ्नुहॊस »

अब ‘खल्ती’ मार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ। आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाट तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइनेछ। प्रयोगकर्ताहरुले भुक्तानी …

पुरा पढ्नुहॊस »