सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजारले घटेर तोलाको ९८ हजारमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९७ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १३३५ मा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप