नेप्से परिसूचक १५ दशमलव ५० घट्याे

बुधबार शेयर बजार घटेको छ। मंगलबार १७ दशमलव ४२ अंकले बढेको बजार बुधबार १५ दशमलव ५० अंकले घटेर २ हजार ७२० दशमलव ४३ बिन्दुमा झरेको छ।

बुधबार २२८ वटा धितोपत्रको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेकोे छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

बुधबार दिव्यश्वरी हाईड्रोपावर र युनाइटेड इदी मर्दी आर.बी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको १९ करोड ३७ लाख ८५ हजार ५५४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस