आर्थिक

दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमालरेमिट सेवा शुभारम्भ

काठमाडौं ।  हिमालयन बैंक लि. र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ । दक्षिण कोरियाको दोङ्देमुन स्थित एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट)को केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराको उपस्थितीमा रेमिट्यान्स कारोबारको शुभारम्भ भएकोे छ । रेमिट्यान्स सेवा शुभारम्भको अवसरमा आयोजित औपचारिक रात्रीभोजमा दक्षिण कोरियाका लागि …

पुरा पढ्नुहॊस »

रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजमा नै कार

काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ । यो योजना आज माघ २४ गतेबाट सुरु भएको हो । अब उपभोक्ताले रेनोको उत्कृष्ट र आर्कषक कारहरु सर्वसुलभ व्याजदरमा खरिद गर्न पाउने छन् । त्यसको लागि कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गर्ने ब्यवस्था मिलाएको …

पुरा पढ्नुहॊस »

एनसीसी बैंकको नयाँ शाखा कावासोती र चनौलीमा

काठमाडौं। एनसीसी बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका, वडा नं. २ र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८, चनौलीमा एक औपचारिक कार्यक्रमबीच आफ्नो शाखाहरु स्थापना गरेको छ ।कावासोती शाखाको उद्घाटन एनसीसी बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरे । त्यस्तै चितवको चनौली शाखाको उद्घाटन बैंकका सञ्चालक डा. कैलाश पतिन्द्र अमात्यले गरेका छन् । उनले उद्घाटनको अबसरमा उक्त क्षेत्रका जनताको आर्थिक क्रियाकलापमा बैंकले सहयोग पुयाउने बताए । बैंकका प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर  गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी …

पुरा पढ्नुहॊस »

प्राइम लाइफ इन्स्योरेन्सको नाफा ४०० प्रतिशत

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नाफा ४०० प्रतिशत बढाएको छ ।  चालु आर्थिक वर्षको ६ महिनामा प्राइमले ११ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । प्राइम लाइफ इन्स्योरेन्सले  सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा आम्दानी बढाएर १५ करोड ४८ लाख रुपैयाँ पुर्याएको जानकारी दिएको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी ८ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीले यो वर्ष १ अर्ब २ …

पुरा पढ्नुहॊस »

स्मार्ट विद्यार्थीका लागि वल्र्डलिंक ‘हाम्रो स्कुल’ ई–लर्निङ सेवा

काठमाडौं ।नेपाली शैक्षिक क्षेत्रमा रहेको पठनपाठन प्रणालीमा नौलो आयाम थप्दै वल्र्डलिंकले विश्वका प्रतिष्ठित राष्ट्रमा जस्तै ईन्टरनेटको माध्यमबाट घरमै बसि–बसि विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वल्र्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ सेवा सञ्चालनमा ल्याएको छ । समयसापेक्ष रुपमा आधुनिक समयमा शैक्षिक क्षेत्रमा परिमार्जन गर्ने उद्देश्यका साथ वल्र्डलिंकले यो सेवा मिदास ई–क्लास सँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो । वल्र्डलिंकले इन्टरनेट सर्भिस प्रोभाइडरको क्षेत्रमा पहिलोपटक सम्पूर्ण विद्यार्थीहरुको अध्ययनलाई मध्यनजर गरी यो सेवा ल्याइएको छ …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप ३ शाखा तथा उपशाखा संचालनमा

काठमाडौं।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दूई शाखा कार्यायहरु झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्गको विराटचोकमा मिति २०७४ माघ २२ गते देखि संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय योगेश्वर शर्मा ढकाल र प्रताप जंग पाण्डेले संयुक्त रुपमा गरेका छन् । शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको अफर,अनलिमिटेड प्याकेज

काठमाडौं। नेपाल टेलिकमले ३ दिनका लागि ३५ रुपैयाँमा अनलिमिटेड नाईट भ्वाइस प्याकेज (राति १० देखि बिहान ६ बजेसम्मका लागि) ल्याएको छ । सोमबार  राजधानीमा आयोजित टेलिकमको १४ औं वार्षिकोत्सवको असरमा उक्त योजनाको सम्बन्धमा कम्पनीका प्रवन्ध निर्देशक कामिनी राजभडारीले जानकारी दिएकी थिइन । त्यसै गरी, १५ रुपैयाँमा एक रातको लागि अनलिमिटेड नाईट डाटा प्याकेज (राति १० देखि बिहान ६ बजेसम्मका लागि),५० रुपैयाँमा अनलिमिटेड अल टाइम डाटा प्याकेज (कुनै पनि सयममा प्रयोग …

पुरा पढ्नुहॊस »

जनता बैंकको सहयोगमा निःशुल्क आँखा सिविर सम्पन्न

काठमाडौं । जनता बैंकको सहयोगमा माघ २० गते कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा सिविर सम्पन्न भएको हो । आँखा सिविरमा १२२४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा जचाए । जसमध्ये ३०० जना बिरामीलाई अपरेशनको लागि धानगढी नेत्रालयमा रिफर गरिएको छ, जहाँ उनीहरुले निःशुल्क अपरेशन सेवा प्राप्त गर्नेछन् । सिविरमा करिव १०० विरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यकता अनुसारको औषधि निःशुल्क …

पुरा पढ्नुहॊस »

अब टेलिकमको प्रिपेड मोबाइलमा सापटी पाइने

काठमाडौं। नेपाल टेलिकमले १५ औं बार्षिकोत्सवका अवसर पारेर प्रिपेड मोबाइलमा सापटी योजना सुरु गरेको छ । नेपाल टेलिकमका उपभोक्ताले कम्पनीसँग सापटीमा ब्यालेन्स लिए वापत अतिरिक्त शुल्क तिर्नु पर्ने छैन् । सापटी योजनाका लागि कम्पनीले नमस्ते क्रेडिट सेवा आगामी  एक महिना भित्र व्यवसायीक रुपले सञ्चालनमा ल्याउनेछ । ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय …

पुरा पढ्नुहॊस »