शेयर बजार : ५८ दशमलव ९९ अंकले घट्यो नेप्से

बिहीबार शेयर बजार उच्च अंकले घटेको छ। बुधबार १५ दशमलव ५० अंकले घटेको बजार आज ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६६१ दशमलव ४४ बिन्दुमा झरेको छ।

बिहीबार २२९ वटा धितोपत्रको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

बिहीबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी फाइनान्स समूहको ३ दशमलव १ प्रतिशतले घटेको हो।

बिहीबार हिमालयन जेनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावरको २६ करोड ९७ लाख १६ हजार ४१७ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after