साझा यातायातले रद्द गर्‍यो विद्युतीय माइक्रो र स्कुटर खरिद

काठमाडौं । साझा यातायात सहकारीले प्रस्तावित विद्युतीय माइक्रोबस र विद्युतीय स्कुटर खरिद रद्द गरेको छ। गत जेठ २८ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै ती सवारीसाधन खरिद गर्नलागेको जनाएको थियो।

तर सोमबार गोरखापत्रमै एक सूचनामार्फत उक्त बोलपत्रसम्बन्धी सबै प्रक्रिया विशेष कारणवश रद्द गरिएको कम्पनीले उल्लेख गरेको छ। साझाले २५ वटा विद्युतीय माइक्रो खरिद गर्ने जनाएको थियो। त्यस्तै कार्यालय प्रयोजनका लागि पाँचवटा विद्युतीय स्कुटर पनि खरिद गर्ने भन्दै बोलपत्र आह्वान गरेकोमा हाल रद्द गरिएको हो।

साझाले ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ। गत चैतदेखि पुलचोकमा विद्युतीय चार्जिङ डिपो पनि सञ्चालन गरिरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस