सुनको मूल्य प्रतितोला २५ सयले वृद्धि

काठमाडौँ । सुनको भाउ बिहीबार प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ ।

चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ । बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा निर्धारण भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री