काठमाडौँ । सुनको मूल्य साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आइतबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२९५ मा कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी तोलाको १३३५ मा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




