रश्मी

आपसी झगडा भई कुटाकुट हुँदा एक जनाको मृत्यु, एक जना घाईते

ओखलढुंगा । ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे मा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । मंगलबार  राती  भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा  लगिएकोमा उपचारको क्रममा पासाङ तेन्जी शेर्पाको  मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको क्षेत्रपाटीमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको क्षेत्रपाटीमा सञ्चालनमा ल्याएकोे छ। लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तारको  क्रममा आफ्नो १३३ औँ शाखा काठमाण्डौ महानगरपालिकाको वडा न. १७ क्षेत्रपाटीमा सञ्चालनमा ल्याएकोे हो । नयाँ शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक ० दशमलव ९४ अङ्कले बढ्यो

काठमाण्डाै । बुधबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ० दशमलव ९४  अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से ० दशमलव ९४  अङ्कले बढेर ३ हजार १६२  दशमलव ५९ बिन्दुमा पुगेको छ । स्टकका  अनुसार आज कुल २३० कम्पनीका २ करोड ७२  लाख ९८  हजार ६२४ कित्ता शेयर १५  अर्ब ४५  करोड ५९  लाख ४१ हजार ७५४  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको नाफा १० दशवलव ८९ प्रतिशत बढ्यो

काठमाडौं ।कृषि विकास बैंक लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार मसान्तसम्ममा बैंकले ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.६० प्रतिशत घटेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा  बैंकको …

पुरा पढ्नुहॊस »

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् ।प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन्। दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका पोखरेल २०७४ साल फागुन ३ गते पहिलोपटक र २०७८ बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

पुरा पढ्नुहॊस »

घरेलु तथा साना उद्योगलाई मेगा बैंकले सहुलियत कर्जा दिने

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्‍याउन सहज हुने बताए । बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले …

पुरा पढ्नुहॊस »

सुनको भाउ फेरि घट्यो, ताेलाकाे कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँ रहेकाे छ भने तेजावी सुनको मूल्य ८८ हजार  ३५० रहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११९०  रहेको छ ।  

पुरा पढ्नुहॊस »

ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका -७ गागनखोला नजिकै स.१त.५९३५ नम्बरको ट्याक्टर आज विहान पल्टिदा गोलबजार नगरपालिका -१ का ३० वर्षीय अरुण यादवको मृत्यु भएकाे छ। यादवले ट्याक्टरमा लेवरको रुपमा काम गर्दै आएको बताइएको छ । रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले  जनाएकाे छ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंककाे क्रेडिट कार्ड सेवा सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न  क्रेडिट काड सेवाको शुभारम्भ गरेको छ । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमकाबीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले रा.वा.बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउंदा खुसी लागेको बताउंदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गरे ।

पुरा पढ्नुहॊस »

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। मन्त्रालयले आज घिसिङलाई नियुक्तिपत्र दिनेछ।  

पुरा पढ्नुहॊस »