ओखलढुंगा । ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे मा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।
मंगलबार राती भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा लगिएकोमा उपचारको क्रममा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ ।
तपाईंको प्रतिकृया



