धनुषामा भजनकीर्तन भइरहेका बेला माइकबाट करेन्ट लाग्दा २ जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका-३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ । क्षीरेश्वरनाथ नगरपालिका-३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »कोरोना संक्रमित बढेपछि अस्पताल भरिभराउ
कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ। त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार चारपाँच दिनयता गम्भीर लक्षण भएका कोरोना संक्रमितले आइसियु र एचडियु भरिइसकेको छ। यो अस्पतालमा ४० बेडको आइसियु, ३० वटा भेन्टिलेटर र १० वटा एचडियु कुनै पनि खाली छैनन्। जनरल बेडमा पनि ९० जना भर्ना भइसकेका छन्। ‘एक सातायता बिरामीको संख्या ह्वात्तै बढेको हो’, उनले भने। केही …
पुरा पढ्नुहॊस »स्मार्टफोनको प्रमुख १८ बजारमा रियलमी शिर्ष ५ स्थानमा
काठमाडौं । रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शिर्ष ५ स्मार्टफोन ब्रान्ड भित्र पर्न सफल भएको छ । प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीको अध्ययन अनुसार उदीयमान प्रविधि कम्पनी रियलमी शिर्ष ५मा परेको हो । स्थापनाको केवल ३७ महीनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पुरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ रेकर्ड बनाएको छ । यसैगरी भारतको नम्बर वान फाइभजी स्मार्टफोन ब्रान्डका रुपमा …
पुरा पढ्नुहॊस »मानुषी लघुवित्तको आईपीओ बिक्री आजबाट खुला
काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ आजबाट बिक्री निष्काशनमा ल्याएको छ। मानुषी ले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ। …
पुरा पढ्नुहॊस »मौंसम :देशका थोरै स्थानहरूमा वर्षा हुने
काठमाडौं । हाल मौसमको अवस्था हाल देशभर सामान्य देखी पूर्ण बदली रहेको छ साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान बुधबार दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना …
पुरा पढ्नुहॊस »मंगलबार थप ४ हजार ९०४ जनामा काेराेना संक्रमण,३५ जनाको मृत्यु
काठमाडाै । मंगलबार नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर ९४:०१ प्रतिशत रहेका छ । आज १९ हजार १२३ परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »अमेरिकाको नोर्थ क्यारलाइनामा फेला पर्यो मान्छेको जस्तो दाँत भएको माछा
बीबीसी नेपालीबाट काठमाडौं । अमेरिकाको नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको थियो। उक्त माछा शीप्सहेड जातको भएको बताइएको छ। आफ्नो सिकार चबाउन उक्त जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुन्छन्। उक्त माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई सम्भवतः “शीप्सहेड” नामकरण गरिएको हो।
पुरा पढ्नुहॊस »ठगीमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ
काठमाडाैँ । सिंगापुर पठाइदिन्छु भन्दै मोटो रकम ठगी गर गर्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भएका ३९ वर्षीय दिप बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर समेत रहेका गुरुङ हाल काठमाडौं महानगरपालिका–६ बौद्ध मा बस्दै आएका थिए । काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका–८ घर भएका ४२ वर्षीय निमा लामाले …
पुरा पढ्नुहॊस »मंगलबार नेप्से परिसूचक ५२ दशमलव ०६ अङ्कले बढ्यो
काठमाण्डाै । मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५२ दशमलव ०६ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से ५२ दशमलव ०६ अङ्कले बढेर ३ हजार १६१ दशमलव ६५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
पुरा पढ्नुहॊस »उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने
काठमाडौं ।काठमाडौँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिने जानकारी दिएका छन्। अत्यावश्यक सवारीसाधनको हकमा यो नियम लागू हुने छैन्।
पुरा पढ्नुहॊस »