लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् ।प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन्। दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका पोखरेल २०७४ साल फागुन ३ गते पहिलोपटक र २०७८ बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री