अपडेट : नौकिलो ट्रक दुर्घटना ज्यान गुमाउने तीन जनाको परिचय खुल्यो

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार साँझ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोकाअनुसार चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका-३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको छ ।

घाइते आरम्भको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको डीएसपी महतोले जानकारी दिए । अरु दुई घाइतेको भने भरतपुरमा उपचार भइरहेको छ ।

घाइते मकवानपुर हेटौँडा उपमहानगरपालिका-१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका-६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको हो ।

ट्रक चालक मकवानपुरगढी गाउँपालिका-६ का २८ वर्षीय दिनेश पुडासैनी इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल …

प्रतिकृया दिनुहॊस