घरेलु तथा साना उद्योगलाई मेगा बैंकले सहुलियत कर्जा दिने

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्‍याउन सहज हुने बताए ।

बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरिन् ।

महासंघ र बैंकबीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स …

प्रतिकृया दिनुहॊस