रश्मी

सनराइज बैंकको नारी विशेष योजना

सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ। यस योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि भदौ महिनाभरि विभिन्न सेवा निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ। यो योजनाअन्तर्गत आफ्ना ग्राहकलाई भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई बैंकले विभिन्न पाँचवटा सेवाहरु निःशुल्क दिने भएको छ। प्रथम वर्षका लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा छन्। साथै बैंकले अनलाइनबाटै खाता खोल्ने …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको शाखा महेन्द्रनगरमा

कञ्चनपुर । सिभिल बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औँ शाखा संचालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरेका हुन ।

पुरा पढ्नुहॊस »

इसेवा मनि ट्रान्सफरद्वारा विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण

इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत  भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ। डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट गु्रपका गु्रप प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्यूरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलईडी टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरे।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले प्रदेश नं १ का उद्यमीलाई सहज बैंकिङ्ग सेवा दिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ्ग पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न …

पुरा पढ्नुहॊस »

थप ३ हजार ४०३जनामा काेराेना संक्रमण,४२जनाको मृत्यु

काठमाडाै ।अाज   नेपालमा थप ३ हजार ४०३जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज  ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ४२  जनाको मृत्यु भएको छ भने २१०४ संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:३ प्रतिशत रहेका छ । आज १६ हजार ८३८ नमुना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेश भएकाे राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छिन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकले कुनै पनि पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने गरि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो । उक्त सिफारिसलाई राष्ट्रपति भण्डारीले आज अनुमोदन गरेकी हुन।

पुरा पढ्नुहॊस »

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा । परवानीपुर गाउँपालिका – ४ मा मंगलबार बेलुकी पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाटोलका ३८ वर्षीय राजेश राम रहेका छन् । ना ४ च ३४३२ नम्बरको पिकअप गाडीले ना २१ प १८३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणी बयोधा अस्पताल गण्डकमा मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले बह्दर प्रतितोला ९१ हजार २ सयमा  कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रहेको छ । त्यसैगरी चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले  घटेर प्रतितोला १२०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

मेगा बैंकका ९ वटा एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

मेगा बैंक नेपालले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ । बैंकले झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर १ मा रहेको कोशी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ७ मा रहेको मिथिला बिहारी एक्सटेन्सन काउन्टर, …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा छुट

काठमाडौं ।महालक्ष्मी विकास बैंकका  ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन्। कान्तिपर  अस्पताल प्रालिसँग  आइतबार  सम्झौता भएको हो। सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज÷आईसीयू, एचसीयू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १०% छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज÷क्याबिन, …

पुरा पढ्नुहॊस »