काठमाडौं । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले र सेञ्चुरी कमर्सियल बैंकबिच “व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६” कार्यान्वयनमा ल्याउन सम्झौता भएको छ । मन्त्रालयले कार्यान्वयनमा ल्याएको कार्यक्रम पश्चात कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंकका विभिन्न शाखाहरुबाट व्यावसायिक कृषकहरुले सहुलियतपुर्ण कृषि कर्जा प्राप्त गर्नसक्ने छन् ।
उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहालले मन्त्रालयमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहॊस