लागूऔषध सहित मोरङबाट एक जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ मा रहेको  १ नम्बर ढाँटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २० बर्षीय निखिल राय रहेका छन् ।

मंगलबार  लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरेको हो  । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री