खल्तीको क्यासब्याक अफरमा राम्राे टिकटक भिडियो बनाउनेलाई ५ हजार

काठमाडाैं । खल्ती डिजिटल वालेटले खल्तीको १०% क्यासब्याक अफरमा राम्राे टिकटक भिडियो बनाई ५ हजार जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।

खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो ।

यस प्रतियोगिताको उत्कृष्ट ३ भिडियोहरुले ५००० नगद पाउनेछन् ।

च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १०%क्यासब्याकलाई रमाइलो ढंग मा भिडियो मार्फत् देखाउन सक्नेछन् ।

खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्ती बाट रिचार्ज गरी १०% क्यासब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ ।

१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नुपर्नेछ ।

साथै सहभागीहरुले भिडियो सँगसँगै यी ह्यासट्यागहरु #Khalti10percentCashback and #KhaltiCashbackChallenge पनि क्याप्सनमा समावेश गर्नुपर्नेछ ।

खल्तीले एनसेल, नमस्ते र स्मार्टसेलको टपअपमा नेपालकै सबै भन्दा बढी १० प्रतिशत क्यासब्याक अफर संचालन गरिरहेको छ ।

यो अफर अन्तर्गत, क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आई.डी. कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ ।

यो योजना सिमित समयावधिको मात्र लागि रहेको छ । रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्रीमा पुरै क्यासब्याक पाएको देख्न सकिने कम्पनीले जनाएकाे छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस