काठमाडौं ।बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले घटेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ ।
त्यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




