विकासका नाममा जथाभाबी डोजर चलाउनु घातक : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । स्थानीय तहहरूले विकास निर्माणका नाममा जथाभावी डोजरलगायतका मेसिन प्रयोग गर्ने कार्य घातक भएको पनि उनको भनाइ थियो ।

काठमाडौंमा बिहीबार प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरूको सामना गर्नुपरेको बताए । उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताएका छन् ।

नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका काम गर्नुपर्ने भन्दै हतारमा मेसिनको प्रयोग गर्नु घातक हुने सिंहको भनाइ थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘ग्रेटर नेपाल’ अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

काठमाडौं । ‘ग्रेटर नेपाल’ अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा …

प्रतिकृया दिनुहॊस