रश्मी

एभरेष्ट बैंकको जनचेतनामूलक भिडियो सार्वजनिक

एभरेष्ट बैंकले  भावनात्मक साथै जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । चाडबाड आए लगत्तै भेटघाट खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भएता पनि अहिलेको परिस्थिती अनुकुल रहेको भिडियोले सन्देश दिएको छ । कोरोना महामारीमा जमघट जोखिम्पूर्ण रहेको सन्देश दिन भिडियो सार्वजनिक गरेको बैंकले जनाएको छ । महामारीको जोखिम कायमै रहेकाले घरमै सुरक्षित रुपमा तीज मनाउन भिडियोले सन्देश दिएको छ ।

पुरा पढ्नुहॊस »

थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।  नेपालमा थप १  हजार ८९ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २० जनाको मृत्यु भएको छ भने १५३४  संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज ७९७१हजार ३३४  नमुना परीक्षण गरिएको थियो  ।

पुरा पढ्नुहॊस »

झापाको विर्तामोडमा अटो चालकको हत्या

झापाको विर्तामोड नगरपालिका–४ मा अटो चालकको हत्या भएको छ। कचनकवल गाउँपालिका–३ का ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । उनको टाउको, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञापन संघबीच सम्झौता

काठमाडौं ।  मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञापन संघ(अना) बीच आइतबार सम्झौता भएको  छ। सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ । आनका हाल डेढसयभन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात सय एजेन्सीहरू सम्वन्धित रहेर व्यवसाय गर्दै आएका छन् ।

पुरा पढ्नुहॊस »

फर्स्ट माइक्रोफाइनान्सको १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत कर प्रयोजनको लागि  नगद लाभांश वितरण घोषणा  गरेको छ । भदौ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश  प्रस्ताव गरेको हो । हाल   संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ पुग्ने छ ।

पुरा पढ्नुहॊस »

भाटभटेनीको नयाँ स्टोर इटहरीमा

भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । इटहरीमा सञ्चालनमा आएको यो स्टोर नेपालकै सबैभन्दा ठूलो भएको भाटभटेनीले जनाएको छ । उद्घाटनको अवसरमा स्टोरले निकोटिन र अल्कोहल जस्ता सामानमा १० प्रतिशत र इलेक्ट्रोनिक्स सामानमा २० प्रतिशतसम्म छुट दिएको छ ।  

पुरा पढ्नुहॊस »

सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

कारोबार सुरु भएको दोस्रो घण्टामै नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बजार स्थगित गरिएको थियो । बजार खुलेको दोस्रो घन्टामा बजार ५.०३ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको हो । अहिले भने सेयर कारोबार पुनः खुलेको छ ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंक ‘ग्रिन डिल अफ द इयर २०२१’ को उपाधिबाट सम्मानित

काठमाडौं । एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले दिने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा रहेकाे अग्रणी बैंकको रुपमा सम्मान गरेको हाे । आईएफसीसँग सम्झौताअन्तर्गत एनएमबि बैंकले आईएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित …

पुरा पढ्नुहॊस »

उदयपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित भालु खोलाले बगाउँदा एक बालिकाको मृत्यु   भएको छ। स्थानीय यम कुमार राईको १३ वर्षिया छोरी यसिका राई रहेको प्रहरीले जनाएकाे छ। आइतबार विहान ७ बजे भालु खोलाको छेउमा रहेकोले नं. प्र १–०५–००१ ह ०१२७ नं. को आफ्नै अटो निकाल्न घर परिवारसँग गएकोमा क्रममा उक्त खोलामा माथिबाट एक्कासी बाढी आई उक्त अटो र बालिकालाई बगाएको थियो । खोलाले बगाउँदा अटो करिव ५ सय मिटर …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूले ल्यायो नगदफिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डूले फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ । बैंकले आउँदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी उक्त योजना ल्याएको हो । योजना अन्र्तगत ग्राहकलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको …

पुरा पढ्नुहॊस »
This will auto close after