सामलिङ्ग पावरको आईपीओमा आवेदन खुला

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आज भदौ

१८ गतेबाट आवेदन खुला गरिएको छ।

कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ।

कुल निष्कासित कित्तामध्ये आयोजना प्रभावित इलाम जिल्लाभरिका बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि २ लाख कित्ता निष्कासन गरिएको छ।

न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोबार्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ।

यसैगरी इलाममा रहेका नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंक तथा माइजोगमाईमा रहेको सिभिल बैंकबाट पनि आवेदन दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १ गतेदेखि ढिलोमा असोज १७ गते हुने भनिएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्राधिकरणले आजदेखि यी ६ फिडरमा बिजुली काट्ने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ । कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

प्रतिकृया दिनुहॊस