ढुंगाले किचेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ नगरपालिका १० सिम्लेमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् ।
बिहीबार दिउसो  हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरी किचेर घटनास्थलमानै मृत्यु भएको छ । उनि सोही हाईड्रोपावरमानै खाना पकाउने काम गर्ने बुझिएको छ ।
घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न ९८ लाख अमेरिकी डलर …

प्रतिकृया दिनुहॊस