कुमारी बैंकद्धारा निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजन् टेस्ट क्याम्प आयोजना गरेको छ ।

बैंकले शुक्रबार (आज) काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा निःशुल्क एन्टिजन् टेस्ट क्याम्प आयोजना गरेको हो ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई अ्एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको जानकारी गराएको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप