रश्मी

बिहीबार थप २ हजार ४ जनामा कोरोना संक्रमण

काठमाडाै । बिहीबार  नेपालमा थप २ हजार ४ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १६  जनाको मृत्यु भएको छ भने १८४६  जना संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज १४ हजार ६५०  नमुना परीक्षण गरिएको थियो  ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं ।  लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । बिहीवार बैंकको २० लाख  कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।बैंकले ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिवेन्चर २०८८’ सूचीकृत गराएको हो ।  ।बैंकले गत असार २८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो । ८ प्रतिशत ब्याजदरकाको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १५ गते स्वीकृति पाएको थियो । बैंकले २० लाख …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सम्झौता

महालक्ष्मी विकास बैंकका  ग्राहकले सम्यक डायगनोस्टिक प्रालिमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्। महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग  छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो। उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक डायगनोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

पुरा पढ्नुहॊस »

बिहीबार नेप्से परिसूचकमा ५० दशमलव २८ अङ्कले घट्यो

काठमाडौं ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव २८   अङ्कले घटेको  छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से ५० दशमलव २८   अङ्कले घटेर  २  हजार  ९२६  दशमलव ७४    बिन्दुमा आइपुगेको  पुगेको छ । स्टकका  अनुसार आज कुल २३०   कम्पनीका १ करोड ८१    लाख    कित्ता शेयर  ९ अर्ब ५० करोड ५१  लाख  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एपमार्फत २ महिना निःशुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएकाे छ । बैंकले भाद्र १६ देखि कात्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले माेबाइल बैंकिङ्ग एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछ्न् ।सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप माेबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् …

पुरा पढ्नुहॊस »

चट्याङ लागेर बालकको मृत्यु

उदयपुर। उदयपुरको  त्रियुगा नगरपालिका ८ देउरी का बिरेन्द्र प्रसाद चौधरीका छोरा  १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । बुधबार  घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागि अचेत भएका   उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

सेलपेको क्यासब्याक अफर

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ। यस योजनाअन्तर्गत सेलपेका फुल केवाईसी ग्राहकले हप्ताको एकपटक मोबाइल टपअपमा १५% (रु.३०) रुपैयाँसम्म क्यासब्याक पाउने छन्। यो योजना भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने सेलपेले जनाएको छ। ।

पुरा पढ्नुहॊस »

कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाडौं। भारतीय  चर्चित  टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको  निधन भएको छ। टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका शुक्लाको  हृदयघातका कारण बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरु गरेका थिए। टेलिभिजन सिरियल बाबुलका आँगन छुटे नाबाट उनले डेब्यू गरेका थिए। उनी भारतको चर्चित रियालिटी सो बिग बोस सिजन १३ का विजेता समेत हुन्।

पुरा पढ्नुहॊस »

लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड

काठमाडौं । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय ‘नेपाल चार्टड एकाउन्टेन्ट संस्था’ (आईक्यान) ले लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड प्रदान गरेको छ । आईक्यानले प्रत्येक वर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैंकले पाएको  हो । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।

पुरा पढ्नुहॊस »

सामलिङ्ग पावरले भदौ १८ देखि प्रभावित क्षेत्रका बासिन्दाहरुका आईपीओ निष्काशन गर्ने

इलाम । सामलिङ्ग पावर कम्पनी लिमिटेडले भदौ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकितमूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र …

पुरा पढ्नुहॊस »