रश्मी

संखुवासभा सामूहिक हत्या प्रकरण:मुख्य योजनाकार लोकबहादुरका काका

काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा प्रहरीले थप चारजनालाई सार्वजनिक गरेको छ। सार्वजनिक हुनेमा ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय खाँदबारीमा सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले मादी हत्याकाण्डमा संलग्न थप चारजनालाई सार्वजनिक गरेको हो। भदौ २१ गते बिहान लोकबहादुरसहित अन्य चारजनाले योजनावद्ध तरिकाले एकै परिवारका ६ जनाको सामूहिक हत्या गरेका थिए। घटनाको अघिल्लो दिन मुख्य योजनाकार खड्गबहादुर …

पुरा पढ्नुहॊस »

ब्राउन सुगर सहित एक जना पक्राउ

झापा ।झापाको  मेचीनगर नगरपालिका ४ राईसिंगबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

बैतडीमा जिप दुर्घटनाहुदाँ,९ जना घाइते

काठमाडौं  ।बैतडीमा जिप दुर्घटनाहुदाँ ९ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज  दुर्घटना भएको हो । घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका-५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिंह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका-७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका-२ का जयबहादुर बोहरा  रहेका छन् । घाइतेहरुको जिल्ला …

पुरा पढ्नुहॊस »

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडाैं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। राष्ट्र बैङ्कले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना सबै क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो । कोरोना महामारीमा हुने भीडभाडलाई कम गर्न राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा भन्दा …

पुरा पढ्नुहॊस »

मर्कुश दासको पहिलो म्युजिक भिडियो

काठमाडौं  ।गायक कर्ण दासका छोरा मर्कुश दासले  पहिलो म्युजिक भिडियो लिएर आएका छन्। थाहा छैन’ बोलको गीत  युट्युबमार्फत  सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत कुशल पोखरेलको छ। पहिलो पटक मर्कुश भिडियोसहितको गीत सार्वजनिक गरेका मुकेश यस गीतका  म्युजिक भिडिओ निर्देशक पनि हुन्।

पुरा पढ्नुहॊस »

थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।आइतवा‏र  नेपालमा थप ७३४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७३४ जनामा  संक्रमण पुष्टि भएको हो । आज थप १२ जनाको मृत्यु भएको छ भने १४१३जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.२ प्रतिशत रहेका छन्  । आज १० हजार १३ नमुना   परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

बुद्धभूमि नेपालले ८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै

काठमाडौं  ।बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणका लागि सर्वसाधारणमा कुल ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो । आईपीओ प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका रहेका छन् । कम्पनीले कुल ८ लाख कित्ता मध्ये ४० हजार …

पुरा पढ्नुहॊस »

दाङमा करेन्ट लागेर एक जनाकाे मृत्यु

दाङ  ।दाङमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ। करेन्ट लागेर दाङको दङ्गीशरण गाउँपालिका–७ बुटनियामा २२ वर्षीया युवती प्रमिला चौधरी मृत्यु भएको छ । घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

जान्नुहोस् :सुत्नुअघि नुहाउनका फाइदाहरु

राती सुत्नुभन्दा एक घण्टा अघि नुहाउनुका धेरै फाइदा छन्। तर, तपाइलाई चिसो अत्याधिक लाग्छ भने तातो पानीले नुहाउन सकिन्छ। १. राम्रो निन्द्रा पर्छ : राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ। नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसंग निन्द्रा लाग्छ। साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ। सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान ठीक रहन्छ। तातो पानीले नुहाउनु हुन्छ भने पनि फाइदा नै …

पुरा पढ्नुहॊस »

हत्या गरेको अभियोगमा एक जना पक्राउ

चितवन।हत्या गरेको अभियोगमा  एक जना पक्राउ परेका छन् ।राप्ती नगरपालिका-९ सितलटोल बस्ने ५९ वर्षीय कान्छा लामाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय दशरथ मल्ललाई  प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुबीच  झै-झगडा हुँदा दशरथले फलामको रडले टाउकोमा प्रहार गर्दा लामाको घटनास्थलमै मृत्यु भएको  थियो ।  

पुरा पढ्नुहॊस »