आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडाैं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ।

राष्ट्र बैङ्कले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना सबै क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गरेको हो ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो ।

कोरोना महामारीमा हुने भीडभाडलाई कम गर्न राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा भन्दा अगाडि नै नोट वितरण गर्न थालेका हो ।

विगतका वर्ष नौरथा लागेपछि मात्र नयाँ नोट वितरण गर्दै आइएको थियो सर्वसाधारणका लागि असोज ४ देखि असोज २४ सम्म नयाँ नोट वितरण गर्न लागेको जानकारी दिँदै राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले बैङ्क तथा वित्तीय संस्थालाई भने एक साता अगाडि बाटै नयाँ नोट दिन थालिएको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री