काठमाडौं ।बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ ।
कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणका लागि सर्वसाधारणमा कुल ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।
आईपीओ प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका रहेका छन् ।
कम्पनीले कुल ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामूहिक लगानी कोष र १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणमा जारी गर्ने जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।
प्रतिकृया दिनुहॊस