काठमाडौं ।साहस ऊर्जा लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन …
पुरा पढ्नुहॊस »अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प
काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् । ५.८ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म त्यसको धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने आएको छैन ।
पुरा पढ्नुहॊस »पहिरोमा परि एकै घरका ३ जनाको मृत्यु
गुल्मी । मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा परि गुल्मीमा एकै घरका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडानम्बर-८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियार रहेको प्रहरीले जनाएकाे छ । माथिबाट आएको पहिरोले घर सुति रहेको बेला पुरिएका हुन भने अन्य ३ जना सहकुसल रहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ । सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवा निकट एक नेताले जानकारी दिए । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको स्रोतले बतायो । डा. खड्कालाई आजै …
पुरा पढ्नुहॊस »कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी रसुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ आश्विन ६ गते (बुधबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना …
पुरा पढ्नुहॊस »इसेवा मनि ट्रान्सफरको चाड पर्वको बहार, दिनदिनै उपहार’
काठमाडौं ।इसेवा मनि ट्रान्सफरले नेपालीको महान चाड दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक गरेको छ। यस योजनाअन्तर्गत इसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरुमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टीभी तथा बम्पर उपहारमा एक जनाले होन्डाको डियो स्कुटी जित्न सकिनेछ। यस योजनामा सहभागी हुन विश्वभर रहेका २०० भन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स् …
पुरा पढ्नुहॊस »थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाै ।मंगलबार नेपालमा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो । आज थप ५जनाको मृत्यु भएको छ भने १८३० संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.८ प्रतिशत रहेका छन् । आज १३ हजार ६२२नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »मैलुङ खोलाजलविद्युत कम्पनीको शेयर नेप्सेमा सूचीकृत
मैलुङ खोला जलविद्युत कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । मैलुङ खोला जलविद्युत कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९५ रुपैयाँ ७५ पैसा देखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको कारोबार हुनेछ । कम्पनीको शेयरलाई नेप्सेले अंग्रेजीमा MKJC कारोबार संकेत प्रदान गरेको छ ।
पुरा पढ्नुहॊस »मंगलबार नेप्से परिसूचक १३ दशमलव ८३ अङ्कले बढ्यो
काठमाण्डाै ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ८३ अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से १३ दशमलव ८३ अङ्कले बढेर २ हजार ७ सय १२ दशमलव ०७ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ३६ अङ्कले बढेर ५०८ दशमलव ६३ मा पुगेर रोकिएको छ । स्टकका अनुसार आज कुल २२३ कम्पनीका १ करोड ५३ लाख ६ हजार ६१ …
पुरा पढ्नुहॊस »मदनकृष्ण र मिलनको ‘सुनको कचौरी’
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको युगल स्वरमा ‘सुनको कचौरी’ बोलको गीत बजारमा आएको छ । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको भिडियोमा राजेश पुमा राईले निर्देशन गरेका छन। भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय देख्न सकिन्छ ।
पुरा पढ्नुहॊस »