काठमाडौं । मेगा बैकले ग्राहकलाई ‘दसैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो। ग्राहकले मेगा बैंकको मुद्दति खातामा वार्षिक ९.५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् भने बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने छन्। यसैगरी मेगा बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ। ‘मेगा महाबचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र …
पुरा पढ्नुहॊस »करेन्ट लागेर एकको मृत्यु
काठमाडौं ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी छन। आफ्नै घरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »प्रधानमन्त्री देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। शुक्रबार देउवाले ट्विटरमार्फत् मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन ।
पुरा पढ्नुहॊस »ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
काठमाडौं ।ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । गल्छी गाउँपालिका-६ महेष दोभान स्थित पृथ्विलोक मार्गमा पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ५ ख ४८९५ नं.को मिनि ट्रकले पैदल यात्री अन्दाजी वर्ष५५ का प्रेम राईलाई ठक्कर दिदा घाईते भएका राईको गल्छी स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।
पुरा पढ्नुहॊस »थप १ हजार ५११जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाै ।विहीबार नेपालमा थप १ हजार ५११जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार १ हजार ५११जनामा संक्रमण पुष्टि भएको हो । आज थप ११ जनाको मृत्यु भएको छ भने १६८९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.२ प्रतिशत रहेका छन् । आज १५ हजार नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »बोलेरो दुर्घटनाहुदाँ ३ जनाको मृत्यु
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बाेलेराे रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मन्थली नगरपालिका वडा नम्बर-६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको छन् । ओखलढुंगा घर भएका लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ । अर्का एक जनाको भने पहिचान खुलेकाे छैन । …
पुरा पढ्नुहॊस »७६ अंकले घट्यो सेयर बजार
काठमाडौं ।विहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७६ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार विहीबार नेप्से ७६ अङ्कले घटेर २ हजार ८१२दशमलव ३९बिन्दुमा आइपुगेको छ । दिनभरको कारोबारमा ९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो ।
पुरा पढ्नुहॊस »ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा सदस्यको मृत्यु
काठमाडौं ।त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं -१ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ । पालुङबाट काठमाडौँका जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ बजे थाँक्रे गाउँपालिका-८ स्थित सडकबाट खोलामा खसेर दुर्घटना भएको थियो ।
पुरा पढ्नुहॊस »सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’
काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु. १० हजार उपहार प्रदान गरिनेछ। यसका साथै हरेक महिना ५ जनालाई रु. १–१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सक्नेछन्। यो अफर असोज १ गतेदेखि कात्तिक …
पुरा पढ्नुहॊस »नेपाल बैंकको आर्थिक सहयोग श्री मैत्री समाज नेपाललाई
काठमाडौं । नेपाल बैंकले काभ्रेको धुलिखेल स्थित सञ्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागि २० थान ए ग्रेडको अन्तरबिन्दु ब्रेल स्लेट उपलब्ध गराएको छ । नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले श्री मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रुपैयाँ बराबरको उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
पुरा पढ्नुहॊस »