रश्मी

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा भुरिगाउँमा

काठमाडौँ ।  सांग्रिला डेभलपमेन्ट बैंकले  बर्दियाको भुरिगाउँमा  शाखा सञ्चालनमा ल्याएको छ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँमा शाखा सञ्चालनमा ल्याएको हो। भुरिगाउँ शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।

पुरा पढ्नुहॊस »

नेप्सेमा सूचीकृत भयाे सिटिजन्स बैंकको ९१ लाख ४८ हजार कित्ता शेयर

काठमाडौं  ।सिटिजन्स बैंकको ९१ लाख ४८ हजार ८२२ दशमलव दुई कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ। सिटिजन्स बैंकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १.० दशमलव ९५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ। उक्त सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत गरिएको नेप्सेले जनाएको छ।

पुरा पढ्नुहॊस »

नेपालगन्जमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आयोजनामा बिहीबार बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा व्यवसायी दिपेन्द्रकुमार जोशी, जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रहरी नायव निरीक्षक जनकबहादुर बुढा तथा एनआईसी एशिया लघुवित्त चपरगौडीका उपप्रदेश प्रमुख जनक बस्नेतको आतिथ्यमा शाखा कार्यालयहरु खजुरा, मिलनचोक र गनपुरका गरी १०० जना सेवाग्राही सदस्यको सहभागिता थियो। कार्यक्रममा शुभ दिपावली, छठ पर्वको को शुभकामना आदानप्रदान तथा वित्तीय साक्षरता …

पुरा पढ्नुहॊस »

नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच कुटाकुट

काठमाडाैँ । नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलागेका हुन्।

पुरा पढ्नुहॊस »

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी विमलेन्द्र निधिलाई

काठमाडौं  । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिले पाएका छन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वर्ल्ड लिडर्स सम्मेलनमा सहभागी हुन शुक्रबार बेलायत प्रस्थान गरेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिले पाएका हुन्। सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम आफू स्वदेश नफर्कुन्जेल निधिलाई कार्यवाहक सभापति तोकेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत …

पुरा पढ्नुहॊस »

मेगा बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो । मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकले शेयरधनीलाई १०.३२ प्रतिशत लाभांश दिने

काठमाडाैँ । एभरेष्ट बैंकले शेयरधनीलाई १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको शुक्रबार  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो। प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। उक्त लाभांश राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु २ जना घाईते

झापा। झापाको गौरादह नगरपालिका -४ धरधरे स्थित भित्री सडक खण्डमा आज बिहान ८ बजे दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा मे९प २७०३ नम्बरको मोटरसाईकल चालक सोही स्थानका ४० बर्षीय भानु खत्री अधिकारी रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको हो भने मे६प ५४१६ नम्बरको मोटरसाईकल चालक गौरिगंज गाऊपालिका ५ का ३० बर्षीय अनुप राजबंशी र …

पुरा पढ्नुहॊस »

भीम विश्वकर्माको हत्याविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरुद्धमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको संयुक्त आयोजनामा भीमबहादुर विश्वकर्माको न्यायको लागि माइतीघरमा बिहीवार खबरदारी र्याली गरिएको हो। र्यालीमा जसपा अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका जसपाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। चितवनमा असोज २८ गते मन्दिरमा पुजा गर्न जाँदा ५८ वर्षीय विश्वकर्मालाई स्थानीयले कुटपीट गर्दा मृत्यु भएको थियो। र्यालीलाई सम्बोधन गर्दै जसपाकी नेता …

पुरा पढ्नुहॊस »

विहीबार थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।विहीबार थप ५९१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार ५९१  जनामा संक्रमण पुष्टि भएको हो । आज थप २ जनाको मृत्यु भएको छ भने  ६६४ संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् । आज ११ हजार ३५५ जनाको नमुना परीक्षण गरिएको थियो ।  

पुरा पढ्नुहॊस »