काठमाडौं ।बैतडीमा जिप दुर्घटनाहुदाँ ९ जना घाइते भएका छन् ।
सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज दुर्घटना भएको हो ।
घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका-५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिंह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका-७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका-२ का जयबहादुर बोहरा रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




