काठमाडौं । कृषि विकास बैंकले बाँके जिल्लाको नेपालगन्जस्थित पिपरीमा नयाँ शाखा औपचारिक रुपमा सञ्चाालनमा ल्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक कार्यक्रमबीच पिपरी शाखाको उद्घाटन गरेका छन्।
पुरा पढ्नुहॊस »जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु
सुनसरी ।जंगली हात्तीको आक्रमणमा परि एक जना महिलाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । सोमबार दिउसो रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा जंगली हात्तीले आक्रमण गरेको थियो ।
पुरा पढ्नुहॊस »निफ्राले ८.५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वय गरिने बैंकले जनाएको …
पुरा पढ्नुहॊस »सांग्रिला डेभलपमेन्ट बैंकको शाखा वीरगन्जमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ९७ औँ शाखा पर्साको वीरगन्जस्थित लिंकरोडमा असोज ४ गतेबाट सञ्चालनमा ल्याएको छ। वीरगन्ज शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।
पुरा पढ्नुहॊस »सानिमा बैंकको शाखा ललितपुरको ढोलाहिटीमा
काठमाडौं ।सानिमा बैंकले ललितपुरको ढोलाहिटीमा आफनो शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन् ।
पुरा पढ्नुहॊस »नेपालमा थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि,८ जनाको मृत्यु
काठमाडाै ।सोमबार नेपालमा थप १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ८ जनाको मृत्यु भएको छ भने २९५७ संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.८ प्रतिशत रहेका छन् । आज १३ हजार १७ नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार नेपाल बंगलादेश क्यापिटल नियुक्त
काठमाडौं ।तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच द्विपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन । हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक …
पुरा पढ्नुहॊस »युवासगँ महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियान
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्न युवासगँ महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियानको औपचारीक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो । सम्मेलनमा मेचिदेखि महाकालीसम्मका नब्बे भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो । काम गरी आय आर्जन गरौं ( बीमा गरी सुरक्षित बनौंभन्ने मूल …
पुरा पढ्नुहॊस »रियलमीमा ४ नयाँ उत्पादन नेपाली बजारमा
काठमाडौं ।रियलमीले आफ्नो नेपाली बजारमा ४ नयाँ उत्पादनहरु लिएर आएको छ। आकर्षक मूल्यमा रियलमी सी११ २०२१, टिकाउ ब्याट्री र गेमिङ प्रोसेसर भएको रियलमी सी२०, ट्रिपल क्यामेरासहितको रियलमी सी२१ र फ्ल्यागसिप रियलमी ८ नेपाल बजारमा ल्याइएको हो ।
पुरा पढ्नुहॊस »बुटवल उपमहानरका मेयरमाथि हातपात
बुटवल । बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । बुटवल ज्योतिनगरका पहिरो पीडितले उनलाई हातपात गरेका हुन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । सोमबार पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले हातपात गरेका हुन् । पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई …
पुरा पढ्नुहॊस »