प्रदिप नेपाल

सञ्चार माध्यम नागरिक दायित्व पूरा गर्न अग्रसर हुनुपर्छः प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आयोगले आज आयोजना गरेको कार्यक्रममा उनले स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सुधारका पहल लिइएको र उक्त सुधारका प्रयत्नलाई शङ्काको दृष्टिले हेर्ने प्रवृत्ति देखिएको बताए। प्रमुख आयुक्त थपलियाले आयोगले मनोगत आधारमा …

पुरा पढ्नुहॊस »

समालोचक डा. सिर्जना शर्मा पारिजात स्मृति साहित्य सम्मान–०७८ बाट सम्मानित

साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाले संयुक्तरुपमा प्रदान गर्दै आएको पारिजात स्मृति साहित्य सम्मानबाट साहित्यकार, समालोचक डा. सिर्जना शर्मालाई सम्मानित गरिएको छ। हेटौंडा उपमहानगरपालिका–१० बसपार्कमा रहेको पारिजात रेष्ट गार्डेनमा पारिजातको प्रतिमा स्थलमा २९ औं पारिजात स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा साहित्यकार शर्मालाई पारिजात स्मृति साहित्य सम्मान–२०७८ बाट सम्मानित गरिएको हो । उनलाई नगद १५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममका प्रमुख अतिथि हास्यव्यङ्ग्यकार आरसी …

पुरा पढ्नुहॊस »

इन्धन खपत २० प्रतिशतले घटाउन अर्थ मन्त्रालयकाे निर्देशन

अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक सङ्घसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै चालु आवका लागि छुट्याइएको इन्धन शीर्षकको बाँकी बजेट २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो। विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि इन्धन कटौतीको व्यवस्था लागू नहुने मन्त्रालयले प्रष्ट पारेको छ। बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक …

पुरा पढ्नुहॊस »

बिस्का जात्रामा रथ ढलेर लाग्दा एक जनाको मृत्यु

बिस्का जात्राको रथ तान्ने क्रममा रथ ढल्दा सोमबार एक जनाको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ। जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथ ढलेर थिचेकाे थियो। रथले थिचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धनबीच जुटेन सहमति, भोलि फेरि बैठक बस्ने

सत्तारुढ गठबन्धनका पाँच दलबीचको बैठक निश्कर्ष बिनै सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेपछि मंगलबार पुन: बस्ने गरि बैठक सारिएको छ। देशभरिका ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट टुंग्याउन सोमबार बिहान र सोमबार अपराहन गरि दुईपटक बैठक बसेको थियो। तर, दुबै बैठकबाट सहमति जुट्न सकेन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबारको बैठकबाट कुनै सहमति निस्कन नसकेको र मंगलबार फेरि …

पुरा पढ्नुहॊस »

आयोजना प्रभावितलाई शेयर जारी गर्दै दोर्दी खोला जलविद्युत् कम्पनी

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्ने भएको हो। कम्पनीले वैशाख १३ गतेदेखि आफ्नो जारी पुँजी (रु एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४००) को १० प्रतिशतले हुने रु …

पुरा पढ्नुहॊस »

शेयर बजार: ४१ दशमलव ७७ अङ्कले घट्याे नेप्से

साेमबार पनि शेयर बजार घटेको छ। आइतबार २९ दशमलव ६ अङ्कले घटेको नेप्से परिसूचक आज साेमबार ४१ दशमलव ७७ अङ्कले घटेर २३ सय ४३ दशमलव ८७ विन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घट्याे । बीमा, उत्पादन, जलविद्युत्, फाइनान्स, अन्य, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। साेमबार २२९ कम्पनीका ३८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा …

पुरा पढ्नुहॊस »

१० जनामा कोरोना संक्रमण हुँदा ३४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ६९१ नमुना परीक्षण गर्दा १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ३४ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३५० जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १९ हजार ५२५ रहेको छ।

पुरा पढ्नुहॊस »

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै, एकै दिन १,१५० जना थपिए

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको हाे। सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना सङ्क्रमित भएका छन्। त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय सङ्क्रमितहरु रहेका जनाएकाे छ। भारतमा अहिलेसम्म कोरोना …

पुरा पढ्नुहॊस »

सहमति नभए हामी एक्लै चुनावमा जान्छाैं : प्रचण्ड

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने बताएका छन्। पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपमहानगरसहित उम्मेदवार छनोटमा गठबन्धनभित्र सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा जाने बताएका हुन्। भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने प्रचण्डले जानकारी दिए। सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरि स्थगित गरिएको छ। सोमबार नै बस्ने बैठकमा ६ महानगर र ११ …

पुरा पढ्नुहॊस »