प्रदिप नेपाल

धनुषामा मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु

धनुषाको सबैलामा गए राति भएको मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। दुर्घटनामा सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ …

पुरा पढ्नुहॊस »

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ। नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ। द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गरे। दुवै राजदूतले …

पुरा पढ्नुहॊस »

विवेकशील साझाको पार्टी कार्यालयमा तनाव

विवेकशील साझा पार्टीको कार्यालयमा तनाव उत्पन्न भएको छ। पार्टीभित्रकै संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद उत्पन्न भएपछि मंगलबार केहीबेर तनावग्रस्त बनेको थियो। पार्टी कार्यालयमा रहेको हलमा कार्यक्रम गर्ने विषयलाई लिएर दुवै पक्ष वादविवादमा उत्रिएका हुन्। एउटै समयमा संस्थापन पक्ष र असन्तुष्ट पक्षले पार्टीको हलमा कार्यक्रम गर्न खोजेपछि विवाद उत्पन्न भएको साझा विवेकशील पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए। असन्तुष्ट पक्षले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेको थियो। तर, अर्को पक्षले …

पुरा पढ्नुहॊस »

सबै दल मिलेर आए पनि एमालेलाई हराउँन सक्दैनन् : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताएका छन्। कपिलवस्तुको तौलिहवामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरे। नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उनले आरोप लगाए। शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माणलगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गरे। एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको …

पुरा पढ्नुहॊस »

“डान्सिङ स्टार्स नेपाल” को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’

१२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको “डान्सिङ स्टार्स नेपाल” को एक मात्र भोटिङ पार्टनरको रुपमा नेपालको प्रचलित भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ले साझेदारी गरेको छ। यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८:०० बजेबाट प्रसारण भएको छ। यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरुको रुपमा रहेका छन्। भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ …

पुरा पढ्नुहॊस »

मेगा बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान

मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । जस अन्तर्गत प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन–तीन वटा शाखा तथा बागमती प्रदेशका चार वटा शाखा र गण्डकी प्रदेशका ६ वटा शाखा गरी बैंकका …

पुरा पढ्नुहॊस »

चुनावी गठबन्धनबारे कांग्रेसले भाेलि निर्णय लिने

नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ। काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘आजको बैठकमा बोल्ने क्रम सकियो । केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभयो । भोलि ३ बजे बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ प्रवक्ता महतले भने । आजको बैठकमा घर घर जाउँ नेपाली कांग्रेस जिताउँ अभियानको समेत मूल्यांकन गरिएको थियो । अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी …

पुरा पढ्नुहॊस »

२१ जना काेराेना संक्रमित थपिए, ३१९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर गरिएका ६ हजार ३०९ नमुना परीक्षणमा २१ जना नयाँ संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । ३१९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या १ लाख ६ हजार ७९ रहेकाे छ।

पुरा पढ्नुहॊस »

शेयर बजारः २९.९८ अङ्कले घट्याे नेप्से

शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि दोहोरो अङ्कले घटेको छ। आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९.९८ अङ्कले घट्दै २५४२.२८ बिन्दुमा आइपुगेको हो । सोमबार नेप्सेका १३ वटै उपसूचकमा गिरावट देखिएको छ। व्यापार समूह सबैभन्दा बढी २.४६ अङ्कले घटेको छ। यस्तै, फाइनान्स समूह २.३६ प्रतिशतले घटेको छ। जीवन बीमा समूह पनि २.३१ प्रतिशतले घटेको छ। बजार घटे पनि आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको मोवाईल बैंकिङ मार्फत भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने

ग्लोबल आइएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.ली)सँग सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप Global Smart Plus प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत BharatPe, Paytm, Google Pay  लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिने छ। उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र …

पुरा पढ्नुहॊस »