सहमति नभए हामी एक्लै चुनावमा जान्छाैं : प्रचण्ड

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने बताएका छन्।

पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपमहानगरसहित उम्मेदवार छनोटमा गठबन्धनभित्र सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा जाने बताएका हुन्।

भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने प्रचण्डले जानकारी दिए। सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरि स्थगित गरिएको छ। सोमबार नै बस्ने बैठकमा ६ महानगर र ११ उपमहानगरमा भागबन्डामा सहमति जुटाउने प्रचण्डले बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस