सिधा कुराका सम्पादकसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौँ । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुराका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर भएको हो । उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

सिधाकुराले डार्क फाइल भन्दै अडिओसहित समाचार प्रकाशन गरेको थियो । उक्त अडिओ तिमल्सीनाले उपलब्ध गराएको भनिएको थियो । सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले डार्क फाइलको अडिओ प्रकरणमा छानबिन गरेको थियो ।

उनीहरू तीनै जनाविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस