प्रदिप नेपाल

वर्षको अन्तिम दिन सेयर बजारमा हरियाली, ३० दशमलब २४ अङ्कले बढ्याे नेप्से

वर्ष २०७८ काे अन्तिम कारोबार दिन बुधबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ। हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन बुधबार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ। यसरी लगातार घटेको बजारदेखि दिक्क भएका लगानीकर्तामा यस वर्षको अन्तिम दिन भने बजारले केही खुसियाली दिएको छ। बुधबारको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा …

पुरा पढ्नुहॊस »

बिहान देशभर बदली, दिउँसाे केही प्रदेशमा वर्षाकाे सम्भावना

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बदली रहेको छ। दिउँसाे प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे …

पुरा पढ्नुहॊस »

उपत्यकाको फोहर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने

दश दिनपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्याउन अझै केही दिन लाग्ने जनाइएको छ। तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौँ उपत्यकाबाट फोहर व्यवस्थापनका लागि सिसडोल जान रोकेका थिए । सोमबारदेखि फोहरको गाडी सिसडोल जान थालेको भए पनि लामो समयदेखि रोकिएको फोहर व्यवस्थापन हुन भने समय लाग्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। स्थानीय र ठेकेदार कम्पनीबीच सडक …

पुरा पढ्नुहॊस »

नौ बुँदे घोषणापत्र सार्वजनिक गर्दै स्वास्थ्य अनुसन्धान परिषद्को सम्मेलन सम्पन्न

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना तीन दिनसम्म सञ्चालन भएको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनले नौ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौँमा सम्पन्न भएको तीन दिने सम्मेलन वैज्ञानिक स्वास्थ्य अनुसन्धान र प्रमाण सङ्कलनको कार्यमार्फत नीति तर्जुमा कार्यलाई सहज बनाउन सङ्घीय संरचनामा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ। सम्मेलनले स्वास्थ्य क्षेत्रलाई अनुसन्धान, शिक्षण संस्था र उद्योगलगायत निकायसँग समन्वय गर्ने, बायोमेडिकल, एपिडेमिलोजिकल, क्लिनिकल अनुसन्धानका कार्यलाई विभिन्न सरोकारवाला निकायसँग संयोजन गरि प्रमाणमा …

पुरा पढ्नुहॊस »

‘तोकिएको मितिमै निर्वाचन हुन्छ’ : प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताएका छन्। निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्तरूपमा आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले आगामी वैशाख ३० गते स्वच्छ, निष्पक्ष, विश्वासिलो एवं भयरहित वातावरणमा सम्पन्न हुने प्रष्ट पारे । उनले सङ्घीयता र लोकतन्त्र मजबुत बनाउने मुख्य कार्य आवधिक निर्वाचन भएको चर्चा गर्दै निर्वाचन नभए लोकतन्त्र हार्ने विचार …

पुरा पढ्नुहॊस »

चामल तथा दाल आयातमा कडाइ गर्न व्यवसायीद्वारा सरकारसँग माग

चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल चामल तेल, दाल उद्योग सङ्घका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन् । सङ्घका पदाधिकारीले आज भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई भेटी आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । सङ्घका अध्यक्ष डा सुवोधकुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिले स्वदेशी चामल उद्योगलाई बचाउन आयातमा कडाइ गर्नुपर्ने माग राखेका थिए। सङ्घका अध्यक्ष गुप्ताले विदेशी आयातलाई रोक्न भन्सार शुल्क बढाउनुपर्ने …

पुरा पढ्नुहॊस »

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रबार बस्ने

सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठन गरिएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक वैशाख २ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन्। कांग्रेसले बैठकमा कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन्। उनले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णय अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीका जनप्रतिनिधिलाई पहिलेकै ठाउँ दिने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तो छ मोडालिटी महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने। …

पुरा पढ्नुहॊस »

नबिल बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

महिला उद्यमी तथा साना किसानहरूमा उद्यमशीलता विकास र वित्तीय पहूँच प्रबर्धन गरिने महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबिच सम्झौता भएको छ। उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरे । उक्त कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा.महेन्द्रनाथ लोहनी, …

पुरा पढ्नुहॊस »