प्रदिप नेपाल

पोखरा महानगरकाे मेयर एकीकृत समाजवादीलाई दिएपछि कांग्रेस कार्यालयमा तालाबन्दी

सत्तारुढ गठबन्धनले पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि नेपाली कांग्रेस जिल्ला कास्कीको कार्यालयमा तालाबन्दी गरिएको छ। कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो। महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरि जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् । ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो

सुनको मूल्य आज तोलामा १५ सय रुपैयाँले घटेको छ। सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ मंगलबार पनि तोलामा चार सय रुपैयाँले घटेको थियो। मंगलबार सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलाको १३ सय ८५ रुपैयाँ तोकिएको …

पुरा पढ्नुहॊस »

राप्रपाले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएकाे हाे। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएका हुन्। घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेकाे छ। नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्र/प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् । स्थानीय तहकाे …

पुरा पढ्नुहॊस »

बालिबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने क्रम आज पनि जारी

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदैछ। दाेस्राे चरणकाे राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएकाे थियाे। आज सकिँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएकाे हाे। २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारकाे लक्ष्य छ। अभियान ७५३ वटै स्थानीय तहमा सञ्चालन …

पुरा पढ्नुहॊस »

१२ दिनपछि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको थियो। न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । गभर्नर अधिकारीले सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए। उनी १२ …

पुरा पढ्नुहॊस »

आज दिउँसाे र राति केही क्षेत्रमा वर्षा हुने

नेपालमा हाल पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ। दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र …

पुरा पढ्नुहॊस »

समृद्ध नेपाल बनाउनका लागि अर्थतन्त्र सुधार गर्नुपर्छः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध बनाउनका लागि अर्थतन्त्र सुधार गर्नुपर्ने बताएका छन्। राप्रपाले सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा मंगलबार आयोजना गरेको चुनावी सभामा उनले सरकारले करको दायरा बढाएर जनतालाई दुःख दिन लागेको बताए। विदेशी ऋण र जनताको करले गर्दा देश चलिरहेको भन्दै उनले अर्थतन्त्र सुधार नगरिए देश गम्भीर दिशातर्फ जाने उल्लेख गरे। श्रीलङ्कामा अहिले देखिएको आर्थिक समस्याजस्तो नेपालमा हुनसक्ने भन्दै उनले राष्ट्रिय ऋण र करको दयरा …

पुरा पढ्नुहॊस »

६६ करोड ७९ लाखकाे क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न तीन जना पक्राउ

प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा सङ्लग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काभ्रेको पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौँ महानगरपालिकाका २६ वर्षीय राहुल चचानलाई पक्राउ गरेको हो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनिमय, निर्देशन, आदेश विपरीत प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा लागेकाले उनीहरुलाई पक्राउ गरिएको …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचन हुनु ३ दिन अघिदेखि नेपाल–भारत सीमानाका बन्द हुने

स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७४.७४ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल …

पुरा पढ्नुहॊस »