प्रदिप नेपाल

प्रधानमन्त्रीले लिए झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आज खनाल निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर केही दिनअघि मात्र नेता खनाल स्वदेश फर्किएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् ।न्युज कारखाना

पुरा पढ्नुहॊस »

मैत्रीपूर्ण फुटबलः भारत र नेपालबीचको खेल बराबरी

भारत र नेपालबीच आज भएको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका अन्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाए पनि खेल १-१ गोलको बराबरीमा रोकिएको हो। दशरथ रंगशालामा भएको पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाएका थिए। भारतका डिफेण्डर र गोलकिपर समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरे। भारतका अनिरुद्ध थापाले दोस्रो हाफको ६१ मिनेटमा गोल फर्काए । जसले खेललाई बराबरी गर्न …

पुरा पढ्नुहॊस »

विश्व मौसम सङ्गठन भन्छ, ‘एसिया महादेशमा विपद्का घटनामा अत्याधिक वृद्धि’

पछिल्लो समयमा अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विपद्का घटनामा वृद्धि भए पनि पूर्वानुमान तथा पूर्वसूचनाले गर्दा मृत्युदर चाहिँ घटेको देखिएको छ। विश्व मौसम सङ्गठनले प्रकाशन गरेको प्रतिवेदनले पछिल्लो ५० वर्षमा (सन् १९७०–२०१९) अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विपद्का घटनाको वृद्धि भएको देखाएको हो। पूर्वानुमान तथा पूर्वसूचनाका कारण मृत्युदर चाहिँ घटेको प्रतिवेदनमा उल्लेख छ। एसियामा पछिल्लो ५० वर्षमा तीन हजार ४५४ वटा विपद्का घटना भएको र सो …

पुरा पढ्नुहॊस »

स्मार्टडोकोले ल्यायो ‘फादर्श डे अफर’, भाद्र २२ सम्म लागू हुने

यसवर्षको बुवाको मुख हेर्ने दिनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘फादर्श डे अफर’ ल्याएको छ। हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्नसमेत सफल भइसकेको छ। ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (रु ५०० सम्म), साथै माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (रु ५०० सम्म) र नेपाल इन्भेष्टमेन्ट बैंकका डेबिट …

पुरा पढ्नुहॊस »

मैत्रीपूर्ण फुटबलः भारतविरुद्ध नेपालको अग्रता, ३६ औं मिनेटमा अन्जनले गरे गोल

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा अन्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका छन्। दशरथ रंगशालामा जारी पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाएका हुन्। भारतका डिफेण्डर र गोलकिपर समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन्। खेल अहिले पनि जारी छ।

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै प्रदेश सांसद वैद्यद्वारा सर्वोच्चमा रिट

सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार दायर रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। उनका अनुसार रिटमा आइतवार पेसी तोकिएको छ। कोभिड महामारीमा महाधिवेशन गर्न उपयुक्त नहुने भन्दै मंसिरमा तोकिएको १४औं महाधिवेशन रोक्न वैद्यले माग गरेका छन्। रिटमा कांग्रेसको वैधता कानुनी रुपमा अझै एक वर्ष रहेको, माओवादी र एमालेको महाधिवेशन पनि धेरै समयदेखि नभएकाले …

पुरा पढ्नुहॊस »

कांग्रेसको १४औँ महाधिवेशन: शुक्रबार ५६ जिल्लामा वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ, नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ। हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ। उनले भने “क्रियाशील सदस्यता सूची भएका वडामा सम्भव भएसम्म सबैमा …

पुरा पढ्नुहॊस »