प्रदिप नेपाल

पाँच दलीय गठबन्धनकाे निर्णयः एमालेसँग भएको तालमेल अमान्य

पाँच दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ। गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो। तर, ठाउँ ठाउँमा निर्णयविपरीत तालमेल भयो । शुक्रबारको निर्णयले भने त्यस्तो तालमेल खारेज हुने भएको हो। गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रले एमालेसँग केही जिल्लाको स्थानीय तहमा तालमेल गरेका छन्। प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरको आमचोक गाउँपालिकामा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्ट एण्ड थकाली घरमा छुट

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। …

पुरा पढ्नुहॊस »

नबिल बैंकको १४ नयाँ शाखा उद्घाटन

नबिल बैंकले आज (बिहीवार) १४ वटा नयाँ शाखा उद्घाटन गरेको छ । धुम्बाराही मालीगाउँ काठमाडाैं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो । उपरोक्त शाखा कार्यालयमा आज आयोजित उद्घाटन कार्यक्रम/समारोहका बिच प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र काठमाडौं …

पुरा पढ्नुहॊस »

गभर्नर अधिकारीको मुद्दा ‘हेर्दाहेर्दै’मा, शुक्रबार सुनुवाइ हुने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि राखिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण आजका लागि तय भएको थियो । आज पनि नभ्याइएकाले भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । गभर्नर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख …

पुरा पढ्नुहॊस »

सिवाइसी नेपालको आइपिओको बाँडफाँट

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख पाँच हजार ६३३ जनाले दुई करोड ४५ लाख २० हजार १४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये तीन हजार २७२ आवेदन …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिए

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ। आयोगको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले १५ वैशाखसम्ममा ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएका हुन्। उनका अनुसार हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ।

पुरा पढ्नुहॊस »

बिहीबार १५ जनामा संक्रमण पुष्टि, १८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ८७५ नमूना परीक्षण गर्दा १५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख २ हजार ५४३ रहेको छ।

पुरा पढ्नुहॊस »

दहचोकमा नबिल बैंकको शाखा विस्तार

पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । यो सँगै बैँकको शाखा १४८ तथा एटिएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैँकले यस वर्ष १५४ शाखा पुर्याउने लक्ष्य राखेको छ । चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा …

पुरा पढ्नुहॊस »

दाङमा भएकाे जिप दुर्घटनामा १३ जना घाइते

जिप दुर्घटना हुँदा दाङमा १३ जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसाे राेल्पाकाे जुँगारबाट दाङकाे तुलसीपुर आउँदै गरेकाे जीप दुर्घटनामा परेकाे हाे । घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेकाे हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। घाइते १३ जना मध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ। केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

पुरा पढ्नुहॊस »

यस्ता छन् काठमाडौं महानगरको मेयर उम्मेदवार सिर्जना सिंहले अघि सारेका सात संकल्प

काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन्। उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको संकल्प अघि सारेकी छिन्। त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुन्नत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीको संकल्प अघि सारेकी हुन् । उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित …

पुरा पढ्नुहॊस »