एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा सातै प्रदेशका ग्राहकलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका विभिन्न शाखाहरूका ८०० भन्दा बढी ग्राहकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहहरूलाई लेखा, वित्त, मार्केटिङ, डिजिटाइलेजसनजस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिबृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो।

कार्यक्रमका उपस्थित ग्राहकहरूबीच एक-आपसमा सम्बन्ध जोड्न र उनीहरूको व्यवसाय प्रवर्द्धन गर्नको लागि बैंकले सहजीकरण गरेको थियो।

साथै ग्राहकहरूलाई उनीहरूको व्यवसायमा आइपरेका विभिन्न समस्याहरू समाधान गर्नको लागि सुझाव दिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ​​ एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।

बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक थियो ।​

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस