प्रदिप नेपाल

निर्वाचनको दिन कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो। निर्वाचन सम्पन्न गर्न मतदानस्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ। निर्वाचन अघि …

पुरा पढ्नुहॊस »

स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नीदेवी सहनी रहेकी छन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागेर इलाका प्रहरी कार्यालय रानी (सीमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँसहित फेला पारि पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ।

पुरा पढ्नुहॊस »

निर्वाचनमा खटिने सुरक्षाकर्मीको निधन भएमा परिवारलाई २० लाख सहयोग

सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उक्त सहायता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया क्यापिटलको “९९ प्रतिशत प्रोफिट योजना” सार्वजनिक

एनआईसी एशिया क्यापिटलले “९९ % प्रोफिट योजना” संचालन गरेको छ। “हजुरहरुको लगानी व्यवस्थापन एनआईसी एशिया क्यापिटलको साथमा, प्रोफिटको ९९% हजुरको हातमा” भन्ने अभियानसहित शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु तथा विदेशमा बसोबास गर्ने नेपालीहरुलाई शेयर बजारमा भित्र्याई समग्र शेयर बजारको विकास, विस्तार गर्न महत्वपूर्ण सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ लगानी व्यवस्थापन सेवा (Portfolio Management Service-PMS) अन्तर्गत सिमित अवधीको लागि “९९% प्रोफिट योजना” संचालन गरेको हो। उक्त योजना अन्तर्गत क्यापिटलले …

पुरा पढ्नुहॊस »

निर्वाचनका लागि टेलिकमकाे आकर्षक अफर

नेपाल टेलिकमले वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचनमा जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ। टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा रु ९८ मा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ। उक्त अफर वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ। “टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न …

पुरा पढ्नुहॊस »

मतदान अधिकृतले मतपत्रमा सिसाकलम प्रयाेग गर्न नपाइने

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिने भएको छ। आयोगले वैशाख २२ गते गरेको निर्णयअनुसार सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले सही गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो।

पुरा पढ्नुहॊस »

सदन खुल्नासाथै नागरिकता विधेयक पास गर्छौं : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन्। पाँचदलीय गठबन्धनद्वारा जनकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संशाेधनको पक्षमा आफू पनि रहेको बताए। उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताए ।  

पुरा पढ्नुहॊस »

१४ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७१६ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६९ हजार ६५६ रहेको छ।

पुरा पढ्नुहॊस »

पाँचदलीय गठबन्धनका उम्मेदवारहरूलाई जिताउन देउवाको आग्रह

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन्। शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि उनले बताए। गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन्। देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरू जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पारे। उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे । उनले भनेका छन्, …

पुरा पढ्नुहॊस »

उत्तर कोरियाद्वारा आणविक कार्यक्रमलाई तीब्रता, फेरि क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ। तीन दिनअघि पनि प्योङयाङले पूर्वी तटमा क्षेप्यास्त्र प्रहार गरेको थियो। उत्तर कोरियाले आफ्ना आणविक गतविधिलाई तीब्र पार्ने चेतावनी दिँदै आएको छ। ‘उत्तर कोरियाले पूर्वीसागरमा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले भने। जापानको तटीय गार्डले उत्तर कोरियाले प्रहार गरेको हतियार व्यालिस्टिक मिसाइल हुन सक्ने भन्दै …

पुरा पढ्नुहॊस »