प्रदिप नेपाल

राजनीतिक दलहरुले गरे निर्वाचन आचारसंहितालाई पालना गर्ने प्रतिवद्धता

आगामी स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउनका लागि छलफल गरेको थियो । छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका निर्वाचन आयोगका प्रवक्ता …

पुरा पढ्नुहॊस »

कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन

सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हाे। नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरि समिति गठन भएको जनाइएको छ। समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादीबाट …

पुरा पढ्नुहॊस »

थुनछेक बहसका लागि कलाकार पल शाहलाई नवलपुर लगियो

नाबालिग बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ। तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए। मंगलबार बिहान ७ बजे पछाडि कारागारको टोलीले उनलाई नवलपुर लगेको हो। नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ। नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे। क्षेत्रीका अनुसार गोला थुतेर कसकाे …

पुरा पढ्नुहॊस »

देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको ज्यान गयाे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। धनुषा, मोरङ, कास्की र सल्यानमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन्। पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। कठायतले चलाएको बागमती …

पुरा पढ्नुहॊस »

विवाह गर्ने प्रलोभन देखाई ४२ लाख ठगी गर्ने एक जना पक्राउ

विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोकबहादुर श्रेष्ठ रहेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। उनले विवाह गर्ने प्रलोभन देखाई पीडितलाई आफू अस्पतालमा रहेको जनाउँदै पटक पटक रकम पठाउन लगाएको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न …

पुरा पढ्नुहॊस »

आठ महिनामा ३७ अर्बको चामल नेपाल भित्रियो

चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिब ३७ अर्बको धान तथा चामल भित्रिएको छ। भन्सार विभागका अनुसार उक्त मूल्यको धान तथा चामल २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो। सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको विभागले जनाएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो आठ महिनामा नेपालले २२ अर्ब ७५ करोड ७९ लाख ९४ हजार रुपैयाँको चामल …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ कायम

मंगलबार सुनको भाउ एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा काराेबार भइरहेकाे छ। यसअघि, सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो। मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको भाउ १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीको भारत भ्रमण सफल भएकाे गठबन्धनको निष्कर्ष

सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको हो। बैठकमा आफ्नो भारत भ्रमणको विषयमा प्रधानमन्त्री देउवाले ब्रिफिङ पनि गरेका छन्। बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। साथै देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक …

पुरा पढ्नुहॊस »

नेपाल लाइफको २१औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबार, वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४/— हुनेछ । अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा …

पुरा पढ्नुहॊस »

कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २७ जना मनोनित

सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन-०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । समिति संयोजकमा पार्टी महामन्त्री गगनकुमार थापा छन् ।

पुरा पढ्नुहॊस »