१० जनामा कोरोना संक्रमण हुँदा ३४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ६९१ नमुना परीक्षण गर्दा १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ३४ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३५० जना सक्रिय संक्रमित रहेका छन्।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १९ हजार ५२५ रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस