प्रदिप नेपाल

निलम्बनको कारबाही गैरकानुनी भन्दै गभर्नर अधिकारी सर्वाेच्च पुगे

आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वाेच्चमा रिट दिएका छन्। आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। उनका अनुसार अध्ययनपछि मात्र दर्ता हुनेछ। सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।

पुरा पढ्नुहॊस »

१२ जनामा कोरोना संक्रमण पुष्टि, ३७५ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४८९ नमुना परीक्षण गर्दा १२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६ हजार ७५८ रहेको छ।

पुरा पढ्नुहॊस »

शेयर बजारमा दोहोरो अंकको गिरावट, २९ दशमलव ६० अंकले घट्याे नेप्से

आइतबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ। साताको चौथो कारोबार दिन गत बुधबार ३० दशमलव २४ अंकले वृद्धि भएको बजार आज २९ दशमलव ६० अंकले घटेर २ हजार ३८५ विन्दुमा झरेको हो। आइतबार २३३ वटा धितोपत्रको ३४ लाख ७ हजार कित्ता शेयर खरिद बिक्री भएका छन्। जसबाट १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। आइतबार १३ वटै …

पुरा पढ्नुहॊस »

नेपालका हिमाल आरोहणका लागि ७० देशका ७३८ जनालाई अनुमति

नेपालका विभिन्न हिमाल आरोहण गर्न यसवर्ष रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन्। पर्यटन विभागले उनीहरुलाई आरोहणको अनुमति दिएको हो। विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन्। यसवर्ष सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्। सगरमाथा आरोहणको लागि हालसम्म २६२ जनाले अनुमति लिइसकेका छन्। हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी रहेका …

पुरा पढ्नुहॊस »

आयोगद्वारा निर्वाचनमा भाग लिने दलहरूको चुनाव चिन्ह निर्धारण

देशभरका ७५३ स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरि मतपत्रमा समावेश गरिएको छ। निर्वाचन आयोगकाअनुसार ०७४ सालको प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो। उक्त निर्वाचनमा नेकपा (एमाले)लाई ३१ लाख ७३ हजार ४९४, नेपाली कांग्रेसलाई ३१ लाख २८ हजार ३८९, नेकपा (माओवादी केन्द्र)लाई १३ लाख तीन हजार ७२१ र जनता समाजवादी …

पुरा पढ्नुहॊस »

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएका हुन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते तीनसहित अन्य पाँच जनालाई उपचारका लागि …

पुरा पढ्नुहॊस »

तनहुँ कांग्रेसले जितेका पालिका आफैंसँग रहने गरि गठबन्धन गर्ने

नेपाली कांग्रेस तनहुँले आफूले जितेका पालिका आफैँसँग रहने गरि गठबन्धन गर्ने निर्णय गरेको छ। कांग्रेस तनहुँको शनिबार सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा कांग्रेस विजयी भएको पालिका आफैँसँग रहने गरि अन्यमा सल्लाह गर्न सक्ने निष्कर्ष निकालेको हो। कांग्रेसले जितेका पालिका छाडेर गठबन्धन गर्न नसकिने बैठकले निष्कर्ष निकालेको छ। “कांग्रेसले जितेका ठाउँ छाडेर जाने मर्म छैन, सत्ताका लागि मात्रै गठबन्धन गर्ने होइन, मतभारका आधारमा गठबन्धन गर्ने अधिकांशको जोड रह्यो”, जिल्ला सचिव लक्ष्मीभक्त …

पुरा पढ्नुहॊस »

कस्ताे हाेला आजकाे माैसम ?

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। राति पहाडी भूभागमा आंशिक बदलीकाे सम्भावना छ। सोमबार दिउँसो पनि पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

पुरा पढ्नुहॊस »

कांग्रेसले आवश्यकताअनुसार तालमेल गर्छ : महामन्त्री विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन्। नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताएका हुन्। उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पारे। महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीनवटा सरकार कांग्रेसले चलाउने गरी कांग्रेस अगाडि …

पुरा पढ्नुहॊस »

एकै दिन देशभर ३२ ठाउँमा आगलागी, एक जनाको मृत्यु

गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ। प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। आगलागीमा सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ। यस्तै …

पुरा पढ्नुहॊस »