बालेनको आरोप- बीपी र मदनको नाममा करोडौंका कार्यक्रम नगर्दा कांग्रेस/एमालेले नगरसभा रोके

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ । पार्टीका जनप्रतिनिधिहरु र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित गरिएको हो ।

महानगरपालिका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाएका थिए । गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।

आजको बैठकमा यसैलाई लिएर विवाद भएको बुझिएको छ । बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस–एमालेले बैठक रोकेको आरोप लगाएका छन् ।

उनको स्टाटस यस्तो छ :-

‘एमाले–कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको नाममा गरौं भनें । सायद कांग्रेस–एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा धेरै कांग्रेस–एमालेका नेताहरूको योगदान धेरै देख्नुभयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस